चरीकी प्रेमिका खुस्बु भन्छीन चरीलाई मार्ने योजना सात महिना अघि नै थियो (भिडियो सहित)

चरीकी प्रेमिका खुस्बु भन्छीन चरीलाई मार्ने योजना सात महिना अघि  नै थियो (भिडियो सहित)

२३ साउन, काठमाडौ । प्रहरीसँगको भिडन्तमा मारिएका गुडा नाइके दिनेश अधिकारी चरीको हत्या सात महिनाअघि देखि भएको उनकी प्रेमिकाले बताएकी छन् ।
चरीकी प्रेमिका खुस्बु ओलीले सात महिनाअघिदेखि नै आफूलाई मार्न धम्की आइरहेको चरीले बताउने गरेको बताएकी हुन् । चरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याउने जानकारी पाएपछि अस्पताल पुगेकी खुस्बु ले यस्तो बताएकी हुन् ।
उनका अनुसार, चरीको हत्या भएको हो । अर्पण कोइराला र प्रहरी निरीक्षक कुमुद ढुंगेलले आफूलाई मार्न खोजेको चरीले बताउने गरेको पूजाले बताएकी छन् । टिचिङ हस्पिटलमा पत्रकार सामू बोल्दै भन्छिन, " अर्पण कोइराला र प्रहरी कुमुद ढुंगेलले मलाई मन पराउँथे तर आइ लभ यू मात्र भन्न सकेका थिएनन, जव दिनेशसँग मेरो इंगेजमेण्ट भयो तब उनिहरु मिलेर दिनेशलाई सिध्याउने चाल चले, आज त्यहि ब्यक्तिगत कारणले चरीको हत्या भयो । "
अर्पणले आफूलाई मन पराएर पिछा गर्ने गरेको र आफूले मतलब नराखेपछि चरी तार्गेट भएको पनि उनको आरोप छ ।प्रहरी निरीक्षक कुमुदले पटकपटक चरीलाई मार्छु भनेर आफूलाई समेत व्ल्याकमेलिङ गर्ने गरेको समेत उनको आरोप छ । १५ दिनअघि मात्र काठमाडौं आएका चरीलाई प्रहरीले खोजिगरिरहेको थाहा पाएपछि हुलिया नै बदलेर हिडेका थिए । आज बिहान पूजा र चरीबीच कुराकानी भएको थियो । हिजो भेट भएको थियो ।
प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याएको छ । पोष्टमार्टमपछि चरीका आफन्तलाई बुझाउने तयारी गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.