आन्दोलन फिर्तामा सद्‍भावनाको अटेरीपन

सरकार र राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीबीच शुक्रवारको वार्ता टुङ्गोमा पुग्न नसकेपछि शनिवार फेरि वार्ता हुने भएको छ । राजधानीको बबरमहलस्थित् शान्ति कोषको सचिवालयमा दुई घण्टा भएको वार्तामा सरकारले आन्दोलन फिर्ता लिन आग्रह गरे पनि वार्तामा रहेका सद्‍भावना पार्टीका नेताले अस्वीकार गरेपछि शुक्रवारको वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।निर्वाचन मिति घोषणा, नागरिकता वितरण, निर्वाचन क्षेत्र पूननिर्धारण आयोग, नेपाल-भारत सीमामा भारु सटही काउन्टर र तराई/मधेसमा शान्ति सुरक्षा कायम गर्नुपर्नेलगायत १० बुँदे माग गर्दै सद्‍भावनाले २० जिल्लामा अनसन गरिरहेको छ ।


सरकारी टोलीले आन्दोलन फिर्ता लिए एक/दुई दिनमा माग पूरा गर्ने प्रस्ताव राखे पनि सदभावना पार्टीबाट वार्तामा सहभागी सदस्यहरुले सहमतिपत्रमा हस्ताक्षर भएपछि मात्रै फिर्ता लिने अडान लिएपछि वार्ता निष्कर्षविहीन भएको हो ।

'तपाईंहरुका मागप्रति हामी सकारात्मक छौं, आन्दोलन फिर्ता लिनुस् केही दिनभित्रै माग पूरा गर्छौ भन्नुभएको थियो,' सरकारी वार्ता टोलीको प्रस्ताव उद्धृत गर्दै वार्तामा सहभागी सद्‍भावनाका महासचिव मनीषकुमार सुमनले ईकान्तिपुरसित भने, 'आन्दोलन फिर्ता गरेर वार्ता हुदैन, आन्दोलन जारी रहनेछ, सकारात्मक हुनुहुन्छ भने सम्झौतामा हस्ताक्षर गरौं अनि आन्दोलन फिर्ता लिन्छौं भनेर हामीले भन्यौं ।'

सरकारका तर्फबाट गृह एवं परराष्ट्रमन्त्री तथा वार्ताटोली संयोजक माधव घिमिरे, सञ्चारमन्त्री तथा वार्ताटोली सदस्य माधव पौडेल, स्वास्थ्यमन्त्री विद्याधर मल्लिक र प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बाँस्कोटा सहभागी थिए भने सद्‍भावनाबाट वरिष्ठ नेता एवं वार्ताटोली संयोजक लक्ष्मणलाल कर्ण, नवलकिशोर साह र सुमन सहभागी थिए । सद्‍भावना अध्यक्ष महतोले बेलैमा चुनावको मिति घोषणा नहुँदा जनता अलमलमा परेको भन्दै चुनावलाई बन्धक पारेर सरकारले जनताको भविष्य अन्योलमा पारेको टिप्पणी गरे
काठमाडौं– प्रमुख राजनीतिक दलबीच संसद सुचारु गर्ने र उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति भएको छ।

ती दलका शीर्ष नेताहरूको भर्खरै सम्पन्न बैठकले अवरुद्ध सदन खोल्ने, उच्चस्तरीय राजनीतिक समिति बनाउने र सो समितिले संविधान निर्माणबाहेक शान्ति प्रक्रिया र संक्रमणकालका बाँकी काम हेर्ने सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए। 'अब केही बेरपछि संसद सुचारु हुनेछ,' संविधानसभा भवनमा भएको बैठकपछि उनले सञ्चारकर्मीसँग भने।
उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व कसले गर्ने भन्नेबारे भने बैठकमा कुनै निर्णय भएको छैन।
- See more at: http://www.nagariknews.com/main-story/story/19505#sthash.BMsxy242.dpuf

0 comments

Write Down Your Responses

Powered by Blogger.