सुनकोशी पहिरो पीडितलाई अनेरास्ववियु दोलखाको ४० हजारभन्दा बढी सहयोग
२३ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी दोलखाले सिन्धुपाल्चोकको सुनकोसी पहिरोमा परेका पीडित परिवारलाई आज ४० हजार ९ सय ३४ रुपैयाँ सहयोग गरेको छ ।
यहि साउन २१ र २२ गते सदरमुकाम चरीकोटमा सञ्चालित आर्थिक संकलन अभियानबाट जम्मा भएको रकम जिल्ला प्रशासन कार्यालयका दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारी मार्फत सिन्धुपाल्चोक पठाईएको अनेरास्ववियु दोलखाका अध्यक्ष रेसमराज स्वराज रिमालले जानकारी दिनुभयो ।
अनेरास्ववियुको अभियानमा एमाले जिल्ला कमिटी दोलखा, विद्यार्थी, शिक्षक, व्यापारी, सुरक्षाकर्मी, पत्रकार, सर्वसाधरणले आ–आफ्नो हैसियत अनुसार सहयोग गरेका अध्यक्ष रिमालले बताउनुभयो । गत शनिबार विहान सिन्धुपाल्चोकको मांखा गाविसको जुरेमा पहिरो जाँदा १ सय ५६ जनाको मृत्यु हुनुको साथै अर्बौ रुपिँयाको क्षति भएको थियो ।

0 comments
Write Down Your Responses