विश्व हुलाक टिकट प्रदर्शनीमा नेपाललाई पहिलोपटक स्वर्ण पद

काठमाडौ, २३ साउन ।  विश्वस्तरको प्रतियोगितात्मक हुलाक टिकट प्रदर्शनीमा नेपालले पहिलोपटक स्वर्ण पदक प्राप्त गरेको छ ।
सन् २०१३ को नोभेम्बरमा ब्राजिलको राजधानी रियो द जेनेरियोमा आयोजित प्रतियोगितात्मक हुलाक टिकट प्रदर्शनीमा नेपालले स्वर्ण पदक प्राप्त गरेको हो । उक्त पदक नेपालका तर्फबाट नेपाल फिलाटेलिक सोसाइटीका आजीवन सदस्य ऋषिकुमार तुल्स्यानले ‘नेपाल द प्रि स्ट्याम्प क्लासिक पिरियड १६६९–१९०७’ शीर्षकको हुलाक टिकट प्रदर्शन गरेबापत प्राप्त गर्नुभएका थियो ।
नेपालको फिलाटेलिक जगत तथा समुच्च राष्ट्रकै गौरब बढाएकामा स्वर्ण पदक विजेता तुल्स्यानलाई नेपाल फिलाटेलिक सोसाइटीले आज यहाँ एक कार्यक्रमका बीच सम्मान गरेको छ । स्थाको तर्फबाट सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले उहाँलाई विशेष कदरपत्र प्रदान गर्नुहुँदै विश्वस्तरको हुलाक टिकट प्रदर्शनीमा नेपाललाई स्वर्ण पदक दिलाएर विश्वमा नेपालको गौरब बढाएकामा पदक विजेतालाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुभयो ।
उहाँले मानव सभ्यताको महत्वपूर्ण अङ्ग हुलाक भएकाले यसको महत्व र गरिमालाई बचाइराख्न सबैको ध्यान जानुपर्छ भन्दै विगत लामो समयदेखि सूचना आदान–प्रदान गर्न हुलाकको महत्व रहेकाले यसलाई आजको युगमा कसरी नयाँ ढङ्गबाट अघि बढाउने भन्नेबारे मन्त्रालय लागिपरेको जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.