नेपाली महिलालाई साउदीमा झुण्ड्याएर फाँसी

नेपाली महिलालाई साउदीमा झुण्ड्याएर फाँसी
१९ साउन, काठमाडौं ।
नेपाली महिलालाई साउदी अरेबिया सरकारले झुण्ड्याएर फाँसी दिएको छ । साउदी प्रेस एजेन्सीले अनलाइनमा उल्लेख गरे अनुसार दुईवर्षे नावालकको हत्या आरोपमा घरेलु काममा गएकी नेपाली महिललाई झुण्ड्याएर मृत्युदण्ड दिएको हो ।
समाचार अनुसार मृत्युदण्ड दिइएकी महिलाको नाम ‘शोबा ब्यारियर’ लेखिएको छ । तर उनको स्पष्ट नाम अझै खुल्न सकेको छैन । साउदी अरेबियाको गृहमन्त्रालयले मृत्युदण्ड पाउने नेपाली महिलाबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । नेपाली राजदूत उदयराज पाण्डेले वास्तविक पहिचानको बारेमा जानकारी बटुल्ने प्रयास भइरहेको बताउनुभयो ।
यसअघि नै मृत्युदण्डको सजायँ सुनाइएकी शोभा परियारलाई नै फाँसी दिएको हो वा अन्य कुनै कारण भन्ने केही खुलेको छैन ।
शोभामाथि पनि बालक हत्याको अभियोग रहेको थियो ।
साउदी गृह मन्त्रालयले मृत्युदण्ड दिइएकी नेपाली महिलाले अपराध स्वीकार गरेको बताएको छ । मृत्युदण्डको फैसला पुनरावेदन हुँदै सर्वोच्च अदालत पुग्दा समेत सदर भएपछि मृत्यु दण्ड दिइएको बताइएको छ ।
शोभाले भने घरवेटी साउदी महिलाले ज्यादै नै मानसीक तनाव दिएर कुटपीट समेत गरिरहेपछि आवेशमा आएर बालकलाई ट्वाइलेटमा लगेर छुरा हानेको तर मनशाय राखेर हत्या नगरेको बताएको बताइएको थियो ।
साउदी कानुन अनुसार आवेशमा हुने हत्या वा मृत्युको कारणलाई हत्याको कानुन लाग्दैन । यस्तो अवस्थामा आजन्म कारावास हुने व्यवस्था छ ।
तर मृतक बालकका परिवारले हत्या भएको दावा गरिरहेपछि त्यहाँको अदालतले मुद्दामा पुर्न विचार नगर्ने अडान लिएपछि शोभाको फाँसी सजायमा कुनै पूर्नविचार भइसकेको थिएन ।
यदि मृतकका परिवारले माफि दिन चाहेको खण्डमा भने फाँसीको सजाय टर्न सक्थ्यो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.