२२ साउन, एजेन्सी ।
इराकी इलामिक जिहादी लडाकुहरुले इराकको ठूलो शहर मध्येको एक कराकोसलाई
नियन्त्रणमा लिएका छन् । क्रिश्चियनहरुको बाहुल्यता रहेको यो शहर
बिद्रोहीले नियन्त्रणमा लिएपछि अमेरिकाले बिद्रोहीलाई धपाउन बम खसाल्ने
भएको छ ।
इस्लामिक जिहादी लडाकू समूहले बिहीबार यो शहदर कब्जामा लिएका हुन् ।
रातभरको भिडन्तपछि कुर्दिस सेनाले शहर छाडेपछि शहरमा बिद्रोहीले कब्जा
जमाएको हो ।
यसअघिनै ५ मुख्य शहरमा कब्जा जमाएका बिद्रोहि बिरुद्ध हवाई सैन्य हमला
गर्न अनुरोध गरेपनि अश्विकार गर्दै आएको अमेरिकाले क्रिश्चियनहरुको
बाहुल्यता रहेको शहर बिद्रोहिले नियन्त्रणमा लिएपछि उनिहरुलाई धपाउन भन्दै
इराकी सरकारलाई सहयोग गर्ने बताएको छ ।
बिद्रोहीले शहर कब्जा गरेपछि तालकिफ, बर्टेल्ला र कराम्लेस इलाकाका
नागरिक घर छोडि भागेका छन् । मुश्लिम लडाकुको आक्रमणको निशानामा पर्ने भयका
कारण मुश्लिम बाहुल्य क्षेत्रका नागरिक घर छाडेर सुरक्षित स्थानतर्फ
भागेका हुन् ।
धर्म युद्ध । क्रिश्चियन शहर बिद्रोहीले कब्जा गरेपछि अमेरिका आक्रमण गर्दै
Powered by Blogger.

0 comments
Write Down Your Responses