विमान भित्र बमको हल्लापछि आपतकालिन अवतरण
कतार एयरवेजको बिमानमा बमभएको हल्ला फैलिएपछि २ सय ६९ यात्रु बोकेको विमान आपतकालिन अवतरण गरिएको छ । कतारको दोहाबाट लण्डनको लागि उडान भरेको बिमानमा बमराखेको भनेर फोन आएपछि बिमान लण्डनको म्यान्चेस्टर बिमानस्थलमा आपतकालीन अवतरण गरिएको हो । फोन गरेर झूठो बिवरण दिने ब्यक्तिmलाई पक्राउ गरिसकिएको अधिकारीहरुले बताएका छन् । ति ब्यक्तिले कतार एयरवेजको टावरमा फोन गरेर बम राखेको बताएका थिए । बिमानलाई आपतकालिन अवतरण गराएर खानतलासी गर्दा केही भेटिएन । चालक दलका १३ सदस्यसहित २ सय ६९ यात्रु रहेको बिमानमा बम राखेको हल्ला फिजाउने व्यक्ति कुन देशका हुन् भन्ने केही खुलाइएको छैन । बिमानमा बम राखेको हल्ला फैलिएपछि यात्रुहरुबिच रुवाबासी चलेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

0 comments
Write Down Your Responses