पुनर्जन्म हुन्छ भने चरी छिट्टै यही धर्तिमा नेपाल आमाको सच्चा सपुत भएर जन्मिउन

पुनर्जन्म हुन्छ भने चरी छिट्टै यही धर्तिमा नेपाल आमाको सच्चा सपुत भएर जन्मिउन
गोकर्ण खतिवडा
चरि हत्याको प्रसङमा केही कुराहरु
१) चरिलाई प्रहरिले नियतवस नै इन्काउन्टर गरेर मारेको हो. घटनाको प्रक्रिती, स्थान, प्रत्यक्ष्यदर्शिहरुको बयान आदी हेर्दा र सुन्दा यो कुराको पुष्टी हुन्छ, थप कुरा गरिरहनु पर्दैन ।
बारम्बार पक्राउ पर्ने र शक्ती केन्द्र हरुको दवावमा छुटडै आएका चरी लाई प्रहरिले उनी राजनीतिक, आर्थिक तथा अन्य कारणले समेत कमजोर बनेको अवस्थामा मारेको छ । यो काण्डबाट नेपाल प्रहरी अपराध र अपराधीप्रती आगामी दिनमा अझ कडा रुपमा प्रश्तुत हुने सन्केत गर्छ ।
२) चरी हत्या कान्डमा धेरैले नसोचेको एउटा महत्वपूर्ण कुरा छ, त्यो हो, यो काण्ड भारतीय प्रधानमन्त्री मोदिको नेपाल भ्रमणको लग्गत्तै भएको छ, कतै भ्रमण दलले भारतको उत्तर प्रदेश, बिहार, मुम्बई या स्वयम गुजरातको जस्तै आर्थिक प्रगती गर्ने हो भने first of all गुण्डालाई तह लगाउनुस् भन्ने मन्त्रणा गरेर गएको त थिएन ?
३) काठमाडौंबाट रमेश खरेल लाई हटाइएपछी पुलिसको नयाँ नेत्रित्वलाई काम देखाउनु थियो र सर्बसाधारण जनाताको नजरमा स्थापित हुनु थियो, त्यसैले नयाँ नेत्रित्वोले चरीको encounter गर्यो ।
४) गलत कामको नतिजा जहिलेपनी गलत नै हुन्छ। चरी एस्को सबैभन्दा ठुलो उदाहरण हुन। यो घटनाबाट नेपाली समाजमा जन्मिने क्रममा रहेका नयाँ चरिहरुले समेत ठुलो शिक्षा लिने छन भन्ने आशा गर्न सकिन्छ ।
५) चरि हत्या कान्डलाई लिएर एमाले भन्ने पार्टीका केही नेताले जसरी राजनीति गर्न खोजेका छन त्यसले देश तथा स्वयम एमालेकै हित गर्ने छैन, त्यसैले ओली, खनाल र नेपालहरुले बेलैमा यो कुरामा बिचार पुर्याउन ।
अन्त्यमा, यदी पुनर्जन्म हुन्छ भने चरी छिट्टै यही धर्तिमा नेपाल आमाको सच्चा सपुत भएर जन्मिउन । म्रित आत्माको चिर शन्तिको कामना, शोक सन्तप्त परिवारप्रती समबेदना।

0 comments

Write Down Your Responses

Powered by Blogger.