एभरेष्ट बैंकद्वारा 'युवा अपाङ्ग संगठन–नेपाल' लाई सहयोग

एभरेष्ट बैंकद्वारा 'युवा अपाङ्ग संगठन–नेपाल' लाई सहयोग
२२ साउन, काडमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले २२ श्रावण २०७१ मा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गराउदै आएको संस्था 'युवा अपाङ्ग संगठन–नेपाल' लाई सहयोग प्रदान गरेको छ । बैकको मुख्य कार्यालय भवनमा भएको एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री एके अहलुवालियाले “युवा अपाङ्ग संगठन–नेपाल”का अध्यक्ष श्री प्रकाश श्रेष्ठलाई आवश्यक टिर्सटहरु हस्तान्तरण गर्नु भयो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री अहलुवालियाले भन्नुभयो “युवा वर्ग देशका स्तम्भ हुन् त्यसैले सबै युवा त्यसमा पनि बिशेषगरी शारिरीक अशक्तता भएका व्यक्तिहरुलाई सबैले बिना भेदभाब सहयोग र उत्प्रेरणा दिनु पर्छ,”
साथै, बैंकले विगतमा पनि सदैव पिछडिएको क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्यका लागि सहयोग गर्दै आएको छ । बैंकले हाल आफ्ना ५२ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २३ राजस्व संकलन काउन्टर र ७४ एटिएम साथै भारतको नयाँ दिल्ली स्थित आफ्नो सम्पर्क कार्यालयबाट समेत समस्त ग्राहकवर्गमा सेवा पु¥याउदै आएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.