२२ साउन,नुवाकोट ।
तरकारीको परीक्षणमा कडाइ गरेपछि किसान र व्यापारी सचेत हुन थालेका छन् ।
तरकारीको हरेक दिन परीक्षण हुने भएकाले किसान र व्यापारी सचेत हुन थालेका
हुन् । सरकारले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालका विषादी हालेका
तरकारी परीक्षणपछि फ्याक्ने गरेको छ ।
विषादी हालेर उत्पादन गरेका तरकारीको बिक्रिमा रोक लगाएपछि विषादी नहालीकन
र हालेपनि जोखिम कम भएका विषादी मात्र प्रयोग गर्न थालेका पाइएको वरिष्ठ
बाली संरक्षण अधिकृत प्रदीप भण्डारीले जानकारी दिनुभएको छ ।
पछिल्लो दिनहरुमा किसान र व्यापारीमा आएको जागरुकताले काठमाडौको कालिमाटीमा
विषादीयुक्त तरकारी अत्यन्त कम भित्रिएको वरिष्ठ बाली संरक्षण अधिकृत
भण्डारीले जानकारी दिनुभएको छ । नुवाकोटबाट तरकारी काठमाडौ भित्रने बालाजु
माछापोखरीमा रहेको कालिमाटी तरकारी बजारमा अहिलेसम्म नुवाकोटमा उत्पादित
तरकारीमा विषादीको मात्रा अत्याधिक नपाएको उहाँले जानकारी दिनुभएको छ ।
तरकारीमा विषादी हालेपनि त्यसको असर सकिने अवधिसम्म पर्खेर मात्र बिक्रि
गरेकाले पनि नुवाकोटमा उत्पादित तरकारीमा गुणस्तरीयता पाइएको हुनसक्ने
उहाँले बताउनुभएको छ ।
तरकारीको परीक्षणमा कडाइ
Powered by Blogger.

0 comments
Write Down Your Responses