२३ साउन,काठमाडौं ।
व्यवस्थापिका–संसदको आजको बैठकमा गृहमन्त्री बामदेव नेपालगन्ज भएको
सामुहिक बलात्कार र धादिङका ‘चरी’ भनिने दिनेश अधिकारीको मृत्युका विषयमा
सदनमा जानकारी गराउनु हुने भएको छ । गैतमले नेपालगञ्जका किशोरीमाथि भएको
सामूहिक बलात्कार र कारवाहीका लागि भइरहेको पहल र राजधानी नजिक
भीमढङ्गामा धादिङका ‘चरी’ भनिने दिनेश अधिकारीको मृत्युका सम्बन्धमा सदनलाई
जानकारी गराउनुहुने भएको हो । संसद बैठक दिउँसो १ बजे संविधानसभा भवन
नयाँवानेश्वरमा बस्ने भएको छ । हिजो सभामुख सुवासचन्द्र नेम्वाङले घटनाका
विषयमा सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको थियो ।
व्यवस्थापिका–संसद्कोे बैठकमा सभामुखसँग समय लिएर सभासदहरुले दुवै घटनाका
सम्बन्धमा सरकारले सत्यतथ्य सदनसमक्ष प्रस्तुत गर्नुपर्ने माग गरेपछि
सभामुखले यस्तो निर्देशन दिनुभएको हो । यसैबीच आज बस्ने बैठकमा विभिन्न
विधेयकहरुमाथि छलफल हुनेछ । हिजोको बैठकले उपप्रधानमन्त्री वामदेव गौतमले
प्रस्तुत गरेको ‘सामाजिक व्यवहार सुधार विधेयक, २०७१ लाई दफावार छलफलका
लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
गरेको छ ।
चरीको मृत्युको विषयमा संसदमा गौतमले प्रतिवेदन प्रस्तुत गर्ने
Powered by Blogger.

0 comments
Write Down Your Responses