२३ साउन, काठमाडौं । पर्याप्त विद्युत् उत्पादन नभएपछि
जलस्रोतको धनी देश नेपालले लोडसेडिङ न्यून गर्न आव ०७०/७१ मा भारतबाट ८
अर्ब २५ करोड रुपैयाँबराबर बिजुली आयात गरेको छ । यो ०६९/७० भन्दा झन्डै २
अर्ब रुपैयाँ बढी हो । गत वर्ष कुल मागको २० प्रतिशत हिस्सा भारतीय
बिजुलीबाट पूरा भएको छ । अघिल्लो वर्ष भारतसँगको बिजुली निर्भरता १७.४४
प्रतिशत रहेको छ ।
गत वर्ष विद्युत प्राधिकरणले स्वतन्त्र उर्जा उत्पादक तथा भारतबाटसमेत
गरी १६ अर्ब ५० करोड रुपैयाँको बिजुली खरिद गरेको छ । यसमध्ये आधार रकम
भारतबाट हुने आयातमा खर्च भएको छ । गत वर्ष प्राधिकरणले भारतको नर्थ बिहार
पावर डिस्ट्रिव्युसन कम्पनी लिमिटेड, पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी)
लिमिटेड, उत्तरप्रदेश इलेक्ट्रिसिटी बोर्ड र उत्तराखण्ड इलेक्ट्रिसिटी
बोर्ड लगायतका संस्थाबाट १ अर्ब ७ करोड युनिट बिजुली आयात गरेको आजको
कारोबार दैनिकमा खबर छ । यो अघिल्लो वर्षभन्दा २७ करोड ७४ लाख ८० हजार
युनिट बढी हो ।
भारतबाट सवा ८ अर्बको बिजुली आयात
Powered by Blogger.

0 comments
Write Down Your Responses