यु-१६ प्रिमियर लिगको कप्तानी सुमित महर्जनले गर्ने, टोलि घोषणा

यु-१६ प्रिमियर लिगको कप्तानी सुमित महर्जनले गर्ने, टोलि घोषणा
२० साउन, काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानले एसिसि यु-१६ प्रिमियर २०१४ को लागि बन्दसत्रमा रहेका २७ बाट १८ जना खेलाडीहरुको सुची सार्बजनिक गरेको छ ।
सुमित महर्जनको कप्तानीमा रहेको टोलि १२ अगस्टमा मलेसिया पुग्ने भएको छ । प्रतियोगितमा नेपालले आफ्नो पहिलो खेल १४ अगस्टमा थाईल्याण्ड संग खेल्नेछ  ।
प्रतियोगिताको लागि नेपाली टोलिले किर्तिपुर र पुल्चोकको क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ । युथ १६ क्रिकेट टोलिका प्रशिक्षक राजु बस्नेतले १८ मध्यबाट १४ सदस्यीय टोलि २-३ दिन भित्रै सार्बजनिक गरिने जानकारी दिनुभयो । तर कप्तानीमा भने परिवर्तन हुनेछैन ।
यु-१६ टोलिलाई बसन्त शाही र राजु बस्नेतले प्रशिक्षण गराईरहेका छन् ।

सन् २०१२ मा भएको एसीसी यु-१६ इलाइट कपमा नेपालले दोश्रो स्थान हाँसिल गरेको थियो भने २०१० को संस्करणमा पनि नेपाली टोलिले उपविजेतामै चित्त बुझाउनु परेको थियो । २०१० मा सिंगापुरले प्रतियोगिताको उपाधि जित्दा नेपाललाई फाईनलमा ६८ रनले पराजित गरेको थियो भने २०१२ मा मलेसियाले नेपाललाई फाईनलमा १ विकेटले पराजित गरेको थियो ।
यस्ता छन् यु १६ प्रिमियरमा छनौट १८ खेलाडी
१. सुमित महर्जन २. आशिफ शेख ३. प्रनित थापा
४. सुशान्त सिंह थापा ५. पवन शर्राफ ६. जितेन्द्र सिंह ठकुरी
७. रविन्द्र शाही ८. रवि कुमार शाह ९. रवि चन्द
१०. आशिष पोखरेल ११. विजय चौधरी १२. अनिल खरेल
१३. सुमन घिमिरे १४. रविन सिंह १५. अमन पन्थि
१६. रिजन ढकाल १७. रोशन अधिकारी १८. सुरज बोहरा

यस्तो छ प्रतियोगितामा नेपालको खेल तालिका :-
१४ अगस्ट :- नेपाल – थाईल्याण्ड ( सेलांगोर टर्फ क्लब मैदान )
१५ अगस्ट :-नेपाल – सिंगापुर ( किनारा ओभल मैदान )
१७ अगस्ट :- नेपाल – ओमान ( रोयल सेलांगोर क्लब )
१८ अगस्ट :- नेपाल – बहराइन ( सेलांगोर टर्फ क्लब मैदान )
२० अगस्ट :- नेपाल – मलेसिया ( किनारा ओभल मैदान )
Photo by-cricketlok.com

0 comments

Write Down Your Responses

Powered by Blogger.