कभर्डहलको लागि ६ लाख संकलन

कभर्डहलको लागि ६ लाख संकलन
२१ साउन,काठमाडौं  । नेपाल सोतोकान कराते डो (एस्केडियुएन) काठमाडौंको उत्तरभेकमा रहेको चपली भद्रकालीस्थित आफ्नै कभर्डहल निर्माण गर्नका लागि सहयोग रकम संकलन गर्ने क्रमलाई निरन्तरता दिएको छ ।
सोही क्रममा बुधबार संघका अध्यक्ष रामकृष्ण महर्जनको अध्यक्षतामा भएको एक समारोहविच कभर्डहल सम्पन्न गर्नका लागि काठमाडौं क्षेत्र नं. ४ का सभासद माननिय गगन थापाको उपस्थितीमा विभिन्न व्यापारी, समाज सेवी, वुद्धिजीवीलगायतबाट ६ लाख वरावरको चन्दा रकम तथा निर्माण सामाग्री संकलन भएको एसकेडियुएनका कोषाध्यक्ष गोविन्द श्रेष्ठले जानकारी गराए ।
स्थापनाको पहिलो निर्वाचन पश्चात गठित समितिको कार्यक्रम अन्तरगत निर्माण हुन लागेको कभर्डहलको अनुमानित लागत ३२ लाख रहेको छ । कभर्डहल निर्माण कार्यको लागि आवश्यक रकम जोहो गर्ने क्रममा जिल्ला विकास समितिले ८ लाख रकम प्रदान गरेको छ भने चपली भद्रकाली गा.वि.स.ले १ लाख रकम प्रदान गर्ने वचन वद्धता व्यक्त गरेको संघका महासचिव धिर्जे तामाङ लामाले जानकारी गराएका छन् । महासचिव लामाले अन्य आवश्यक रकम विभिन्न व्यक्ति, संघ, संस्था तथा संघका पदाधीकारीहरुबाट जोहो गरिने समेत बता

0 comments

Write Down Your Responses

Powered by Blogger.