आइटिएफद्वारा बृद्धलाई भोजन

आइटिएफद्वारा बृद्धलाई भोजन
२० साउन,काठमाडौं । नेपाल इन्टरनेशनल तेक्वान्दो संघ आइटिएफले आफ्नो १७ औं वार्षिकउत्सवका अवसरमा तेस्रोदिन पशुपतिको बृद्धआश्रममा रहेका माता–पितालाई भोजन ग्रहण गराएको छ । नेपाल इन्टरनेशनल तेक्वान्दो संघ (आइटिएफ)का कार्यवाहक अध्यक्ष एवंम् मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठले माता–पितालाई भोजन गराएर कार्यक्रमको उद्घान गरेका थिए ।
पशुपति नाथ परिसरमा रहेको वृद्धवृद्धाका १०५ माता र १२५ पितालाई भोजन ग्रहण गराएको  वार्षिक उत्सव समारोह समितिका संयोजक अञ्जन धमलाले जनाएका छन् । वार्षिकउत्स अन्तरर्गत विहिवार विषेश कार्यक्रम गरि वर्षको उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा जिल्ला शाखालाई स्पोर्टस अवार्ड प्रदान गर्नुका साथै एसियाली पदक धारीलाई सम्मान गरेर सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.