अमेरिकी जेट विमानबाट जिहादीमाथि आक्रमण

अमेरिकी जेट विमानबाट जिहादीमाथि आक्रमण
२४ साउन, अरबिल ।
अमेरिकी युद्धक विमानहरूले इराकको उत्तरी भागमा जिहादीको क्षेत्रमा बम आक्रमण गरेका छन्। त्यहाँका सङ्घीय र कुर्द सरकारहरूले यसले उनीहरूले गत दुई महिनाको सङ्घर्षमा गुमाएका क्षेत्र पुनः प्राप्त गर्न सघाउने बताएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०११ मा इराकमा अमेरिकी नियन्त्रणको अन्त्य गरेपछि पहिलोपटक त्यहाँ हवाई आक्रमणको आदेश दिएका हुन् । इस्लामी स्टेट ९आईएस० का लडाकूहरूले हाल जमिनमा निकै उपलब्धि हासिल गरेका छन्। उनीहरूले बाँध आफ्नो नियन्त्रणमा लिएका छन् र धार्मिक अल्पसङ्ख्यकलाई पलायन हुन बाध्य बनाएका छन्।
कुर्दिस क्षेत्रीय सरकारको सेनाले आफ्नो राजधानी अरबिलको सुरक्षाको प्रयास गरिरहेको अवस्थामा अमेरिकी सेनाले आईएसका लडाकूमाथि आक्रमण गरेको जानकारी पेन्टागनले दिएको छ।यसको कही घण्टापछि एक चालकविहीन विमानले मोर्टार राखिएको स्थानमा आक्रमण गरेको छ भने जेट विमानहरूले आईएसका सात गाडीमाथि आक्रमण गरेको छ । त्यसका लागि लेजरको नियन्त्रणमा सञ्चालन हुने बम प्रयोग भएका थिए ।
अमेरिकी विमानहरूले उत्तरी सुखा पहाडी भागमा सुन्नी कट्टरपन्थी लडाकूबाट बच्न लुकेर रहेका हजारौँ व्यक्तिका लागि खाना तथा पानी खसाएका थिए। सिनजार पहाडी भागमा गत पाँच दिनदेखि खाना तथा पानीको अभावमा लुकेर बसेका व्यक्तिहरू याजिदी हुन् । उनीहरू चार हजार वर्ष पुरानो आस्थासँग जोडिएका छन् ।
आईएसले याजिदीहरू सैतानका भक्त भएको आरोप लगाएका छन् र अमेरिकी राष्ट्रपति ओबामाले लडाकूले याजिदीलाई प्रणालीगत रूपमा नष्ट गर्न प्रयास गरेको आरोप लगाउनुभएको छ । यसलाई जातिहत्याको रूपमा लिन सकिन्छ।
संयुक्त राष्ट्र सङ्घले छिटै मानवीय क्षेत्र स्थापना गर्ने बताएको छ। आईएसका जिहादी मोसुलबाट अरबिल पनि आफ्नो नियन्त्रणमा लिन निनेवेहको समथर भागतर्फ अगाडि बढेपछि त्रास बढेको हो । कुर्दिस लडाकूहरूसँग हतियारको कमी छ र उनीहरू जिहादीको आक्रमण रोक्न नसकेर पलायन हुन बाध्य भएका थिए।
उनीहरू क्रिस्चियन भूमिबाट बुधबार र बिहीबार हटेपछि त्यहाँबाट करिब एक लाख जनता पलायन भएको बताइएको छ। यसकारण पश्चिमी मुलुक कारबाहीका लागि बाध्य भएका हुन् ।
राष्ट्रपति ओबामाले आक्रमण सीमित क्षेत्रमा हुने बताएका छन्। उनले कारवाहीको अन्त्य हुने मिति भने उल्लेख गरे छैन । ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले पत्रकारहरूलाई अमेरिकी संलग्ता लामो सैनिक द्वन्द्व भने नहुने बताएका छन् । इराकी सेना प्रमुखले आफूहरू तथा कुर्दिस सेनाले आउँदा केही घण्टामै ठूलो भूमि नियन्त्रणमा लिने बताए ।
अमेरिकी हवाई आक्रमण आईएसले नियन्त्रणमा लिएको अन्य नगरमा पनि विस्तार हुने बताए । जिहादीहरूले बग्दादबाट पश्चिमी, दक्षिणी तथा उत्तरी भागलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।
कुर्दिस अध्यक्षताको कार्यालयका प्रमुख फाउद हुसेनले शुक्रबार एक पत्रकार सम्मेलनमा अरबिलमा दुई महिनाको अवधिमा करिब १५० कुर्द सैनिक मारिएको जानकारी दिए।उनले अमेरिकी हवाई आक्रमणले कुर्दिस सैनिकलाई पुनर्सङ्गठित हुने, गुमेका क्षेत्रमा पुनर्तैनाथ हुने र विस्थापित भएका जनतालाई पुनस्र्थापना गर्ने मौका दिएको बताए।
फ्रान्सले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएपछि अमेरिकी राष्ट्रपति ओबामाले उक्त कारवाहीको घोषणा गरेका हुन्।
मोसुल बाँध इस्लामी स्टेटका जिहादीहरूले बिहीबार नियन्त्रणमा लिएका हुन् । यसले ठूलो क्षेत्रमा पानी तथा विद्युत आपूर्ति गर्छ । सन् २००७ मा अमेरिकी अधिकारीहरूले गरेको मूल्याङ्कनमा यस बाँधलाई नियन्त्रण गर्न नसके त्यसले टिग्रिस नदीमा बाढी आउने र बग्दादलाई पनि प्रभाव पार्ने बताइएको छ ।
उक्त क्षेत्रमा गत दुई महिनासम्म युद्ध निरन्तर रहेको छ र अमेरिकाले आफ्ना उड्डयन संस्थाहरूलाई इराकमाथि भएर नड्न भनेको छ । बेलायतले कुर्दिस्तानमा रहेका आफ्ना नागरिकलाई उक्त क्षेत्र छोड्न भनेको छ ।
ब्रिटिस एयरवेज तथा लुफ्थान्साले पनि अमेरिकी आदेश स्वीकार गरेका छन् । धेरै युरोपेली विमान सेवाले आफ्ना विमान इराकी आकाशबाट उडाएका छैनन् ।अमेरिकी राष्ट्रपति ओबामा इराकमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्ने दृढता साथ पदमा पुग्नुभएको हो । उहाँको पहिलो कार्यकालमै अमेरिकी सेना त्यहाँबाट फिर्ता भएका थिए । ती सेना सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि त्यहाँ रहेका थिए ।
जिहादीहरूले ठूलो भूभाग नियन्त्रणमा लिई सिरिया इराकमा खलिफात स्थापना भएको घोषणा गरेपछि त्यहाँ जातीय तनाव बढेको छ । यस समूहले इराक र सिरियामा ठूलो विजय हासिल गरेको छ । इराकमा प्रधानमन्त्री नुरी अल–मलिकीले जातीय विभाजनलाई संस्थागत गरेको आरोप लगाइन्छ । राससरएएफपी

0 comments

Write Down Your Responses

Powered by Blogger.