उत्तरी इराकमा थप अमेरिकी कारवाही

उत्तरी इराकमा थप अमेरिकी कारवाही
२५ असार,एजेन्सी  ।
अमेरिकी सेनाले उत्तरी इराकका नागरिकलाई बचाउन थप चारवटा हवाइ कारवाही गरेको बताएको छ। अमेरिकी केन्द्रीय कमाण्डले युद्ध विमान र ड्रोनले हतियारधारी सवारी साधन र याजिदि समुदायमाथि प्रहार गरिरहेको एउटा ट्रक ध्वस्त पारेको बताएको विविसी डटसिओडट युकेमा समाचार छ । ।
अमेरिकी विज्ञप्तीमा भनिएको छ पछिल्लो कारवाही सिन्जर नजिकै अन्धाधुन्ध आक्रमणको निशाना बनाइएका याजिदि धार्मिक समुदायका मानिसको वचाउका लागि गरिएको हो। सिन्जर नगरमा एक हप्ता अघि इश्लामिक स्टेटले नियन्त्रण जमाएपछि हजारौं नाक़गरिकहरु पहाडतिर भागेका थिए।
विज्ञप्तीमा भनिएको छ, युद्द विमान र ड्रोनले याजिदिमाथि आक्रमण गरिरहेको एउटा सवारी साधन ध्वस्त पारेको हो। अमेरिकाले सिन्जर पहाडमा फँसेका याजिदि समुदायका मानिसलाई खसाल्न ठिक पारेका
राष्ट्रपति ओबामाले हवाइ कारवाहीको निर्देशन दिएपछिको यो तेश्रो अमेरिकी कारवाही हो।
यस अघिका कारवाही कर्दिश नगर इरविलमाथि खतरा पुर्याउन लागेका आइएस समुहमाथि लक्षित थियो।
विज्ञप्तीका अनुसार त्यसपछि अमेरिकी विमानले अरु हतियारधारी सवारी साधनको अनुगमन गरेर थप आक्रमण गरिएको थियो। सन २०११ मा अमेरिकी फौज फिर्ता भएयता अमेरिकी सेना प्रत्यक्ष संलग्न भएर श्रृंखलाबद्ध कारवाही गरेको यो पहिलोपटक हो।

0 comments

Write Down Your Responses

Powered by Blogger.