२५ साउन,काठमाडौं ।
सिन्धुपाल्चोकको जुरे पहिरोले थुनिएको अरनिको राजमार्ग खुलाउन आफ्नो सेनाको
प्राविधिक टोली पठाउने चीनले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेको छ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले उक्त कामका लागि कुनै पनि मुलुकको सहयोग
नलिने निर्णय गर्दै चिनियाँ प्रस्ताव कुटनीतिक भाषामा अस्वीकार गरेको आजको
अन्नपूर्ण पोष्टमा खबर छापिएको छ ।
मन्त्रिपरिषदले पहिरोस्थलमा बाटो खोल्ने र वैकल्पिक सडक निर्माणको
जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि गरेको छ। उपप्रधान तथा गृहमन्त्री
वामदेव गौतमको आग्रहमा पहिरोग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा उद्धार तथा
निर्माणका लागि छिमेकी मुलुक चीन र भारतलाई सहयोगको लागि पठाइएको पत्रको
विषयलाई नेपाली सेनाले आपत्ती जनाएको थियो। आँफै सक्षम हुँदाहुँदै
छिमेकीलाई हतार हतार सहयोगको लागि पत्र पठाइएकोमा सैनिक नेतृत्वबाट असहमति
भएको मन्त्रिपरिषद स्रोतले बतायो । परराष्ट्र मन्त्रालयका कामु सचिव
शंकरदास बैरागीले आवश्यक परेमा प्राविधिक सहयोग उपलब्ध गराइदिन दुबै
छिमेकीलाई पत्राचार गरिएको बताए। परराष्ट्रपन्त्री महेन्द्रबहादुर पाण्डेले
हतारमा चिठी लेख्नुको कारण गृहमन्त्री गौतमले तत्काल सहयोग माग गर्नेबारे
गृह मन्त्रालयबाट गरेको पत्राचार मुख्य कारक रहेको जानकारी मन्त्री तथा
उच्चपदस्थ सुरक्षाकर्मीलाई दिएका थिए । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ
।
सरकारद्वारा चिनियाँ सहयोग अस्वीकार
Powered by Blogger.

0 comments
Write Down Your Responses