धान उत्पादनमा ५० प्रतिशत गिरावटको संकेत
प्रकाश धौलाकोटी, २५ साउन, म्याङ्गलुङ । पर्याप्त बर्षात् नुहुदा पूर्वी पहाडी जिल्ला तेह्रथुममा साउन तेस्रो साता बित्दा पनि ६८ प्रतिशत मात्र धान रोपाई भएको छ ।
साउन तेस्रो साता बित्दा पनि जिल्लामा ६८
प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले
जनाएको छ । कार्यालयका अनुसार यसवर्ष जिल्लामा गत वर्ष भन्दा झन्डै ३०
प्रतिशत ककम रोपाई भएको छ ।
अब पानी परे पनि खेत रोपिने सम्भावना
नभएको जिल्ला कृर्षि विकास कार्यलय तेह्रथुमका कृषि प्रसार अधिकृत सत्यदेव
मण्डलले बताउनुभयो । यही अवस्था रहे आगामी वर्ष जिल्लामा ५० प्रतिशतभन्दा
बढि धान उत्पादन घट्ने अनुमान जिल्ला कृषि विकास कार्यालयको रहेको छ ।
जिल्लाको कुल धान खेतीयोग्य जग्गा मध्ये झन्डै १२ प्रतिशत जग्गामा मात्र
सिचाइँ सुविधा उपलब्ध छ ।
तेह्रथुममा कुल जमिन मध्ये करिब १० हजार
एक सय ४२ हेक्टर जमिन खेतीयोग्य मानिन्छ । यस वर्ष एक नगरपालिका सहित २६
गाविस मध्ये सोल्मा, सुङनाम, आम्वुङ, मोराहाङ्ग, पौठाक ओयाक्जुङ, इसिवु र
जलजले गाविसमा मात्र केही धान रोपाइ भएको छ ।

0 comments
Write Down Your Responses