पार्टी नेता "चरी" मारिएपछि एमालेहरूकाे मुखारबिन्दबाट कुनै पनि
हत्याकाे व्यवस्था नभएकाे भन्दै कानूनी शासन, न्यायीक हिरासत र जेलकाे
महत्व बाचन सुरू भएकाे छ ।
मैले "चरी"काे हत्यालार्इ कुनै बहादुरी वा शान्तिकाे दिशातर्फकाे कदम
ठानेकाे छैन तर "चरी"काे नाममा विलाप गर्नेहरूलार्इ अकल्पनिय दरबार
हत्याकाण्डकाे याद अाउँछ ? द्वन्दका बहानामा जनतालार्इ माअाेवादीका नाममा
ढुकुर खसाएझैं खसाएकाे वा संसदवादीका नाममा सुंगुर रेटेझैं रेटेकाे संझना
अाउँछ ?
राज्य र माअाेवादी दुबैतिर हत्यारा घाेषितहरूलार्इ पुरस्कृत गरिएकाे
घटनाकाे झझल्काे अाउँछ ? जमिम साह, फैजान अहमद र न्यायाधिश बमका परिचित
हत्याराहरूलार्इ सुटुक्क उम्काएकाे तस्विर अाँखा अगाडी देखिन्छ ? जंगल
अतिक्रमण गरेकाे नाममा घाँसपात भन्दा पनि तुच्छ ठानेर सुकुम्बासीहरूका छाति
उडाएका घटनाहरूकाे स्मरण छ ?
ती घटनाहरूमा कता सुतेकाे थियाे तिम्राे कानूनी राज ? कता बरालिएकाे
थियाे तिम्राे न्यायीक हिरासत ? र कुन ग्रहमा स्थानान्तरण भएका थिए तिम्रा
जेलहरू ? तिम्राे कुत्सा कमजाेर हुन थालेपछि बाँच्न पाउने मानव अधिकारकाे
याद अायाे ?
तिमीहरूले हिंजाे सर्वसाधारणमाथि जे गरेका थियाै र जे सिकाएका थियाै,
त्याे तिम्राे घरमा सल्किंदैछ अब। तिम्राे चारैतिर अपराधिहरूकाे जंजाल छ।
तिमीहरू अाफै पनि अपराधि हाै ।
त्यसैले कसले के स्वार्थका लागि कसलार्इ कतिबेला ढुकुर बनाउँछ भन्ने
कुरा थाहा हुँदैन। याे त स्कूलिङ हाे। स्कूलमा पढ्ने सबैले उस्तै शिक्षा
पाएका हुन्छन्।
एक समयमा पुलिस, सेना, तस्कर, माफिया, भ्रष्टाचारी, काला बजारीया, डन,
विदेशी सबै तिम्रा हुन्छन्। काम सकिएपछिकाे अर्काे समयमा तिम्राे काेहि
हुँदैन। कारण, तिमीहरू पनि कसैका विश्वसनिय भएनाै। तिम्राे याे नियतिकाे
समय अब अाउँदैछ।
"चरी" मारिएकाे हाेइन, काल सल्किन सुरू गरेकाे हाे :भरत दाहाल
Powered by Blogger.

0 comments
Write Down Your Responses