समासुङका दुई मोबाइल बजारमा

समासुङका दुई मोबाइल बजारमा
काठमाडौं । नेपालको लागि सामसङ मोबाइलको आधिकारिक वितरक आइएमएसले सामसङको दुई नयाँ मोबाइल बजारमा ल्याएको छ। कम्पनीले ग्यालेक्सी स्टार-२ र ग्यालेक्सी स्टार एडभान्स नेपाली बजारमा ल्याएको हो । दुई सिम हाल्न मिल्ने ग्यालेक्सी स्टार–२ मा ३.५ इन्चको डिस्प्ले, एक गिगाहर्जको प्रोसेसर र एन्ड्रोइड ४.४.२ किटकेट रहेको कम्पनीले जनाएको नागरिक दैनिकमा खबर छ । यसमा २ मेगापिक्सेलको क्यामेरा, ५१२ एमबी र्या म, ४ जिबी मेमोरी र १३०० एमएएचको ब्याट्री छ। कम्पनीले स्टार–२ को मूल्य ८ हजार ३ सय ९० रुपैयाँ तोकेको छ।
कम्पनीका अनुसार ग्यालेक्सी स्टार एडभान्समा रहेको १।२ गिगाहर्जको डुअल कोर प्रोसेसर र एन्ड्रोइड ४.४.२ किटकेटले प्रदर्शन क्षमतालाई उच्च बनाउँछ। ४.३ इन्चको स्त्र्किनले मोबाइल गेम खेल्न, भिडियो हेर्न र अरु विभिन्न काममा विशेष अत्यन्त विशिष्ट प्रदर्शन दिन्छ। ३.२ मेगापिक्सेलको क्यामेरा र एलइडि फ्ल्यास भएको यो मोबाइलको मूल्य १० हजार ९ सय रुपैयाँ छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.