पारस लन्डनमा सहयोग माग्दै

पारस लन्डनमा सहयोग माग्दै
निजी भ्रमणमा सुटुक्क लन्डन आइपुगेका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले साता दिनको बेलायत भ्रमणलाई केवल ुहोलिडेु मा सिमित राखेनन् । बरु नेपालको क्रिकेट विकासका लागि सम्भाव्य सहयोग जुटाउन व्यस्त रहे उनी ।
बिहीबार साँझ लन्डनस्थित हिथ्रो विमानस्थल उत्रिएका खड्काले इंग्ल्याण्डका विभिन्न क्लब पदाधिकारीसँग भेट गरी सहयोग खोजी गरेका हुन् ।
'बेलायतको विकास र विलासितामा मात्र रमाउनु भन्दा आएको बेला नेपाली खेलाडी र खेल विकासमा सहयोगका लागि पहल गरिरहेको छुु, शनिबार अपरान्ह्र कुरा गर्दै उनले थपे, 'नेपाली खेलाडीलाई चाहिएको एक्सपोजर बेलायत जस्तो सम्पन्न राष्ट्रले दिन सक्ने भएर म त्यो सम्भाव्यता खोजिरहेको छु ।' इग्ल्याण्डले नेपाली खेलाडीलाई ल्याएर प्रशिक्षण, नामी क्लवसँग टाइ अप र इनिंग खेल्न अवसर दिन सक्ने उनले देखेका छन् । व्यक्तिगत भ्रमण भएकाले भेट भइसकेका र हुने तरखरमा रहेका क्लव पदाधिकारीको नाम भने उनले खुलाउन चाहेनन् ।
क्रिकेट एसोसिएसन अफ नेपाल ९क्यान० विवाद र नेपाल सरकारको वेवास्ता पनि कोट्याउन इच्छुक थिएनन् पारस । 'नेपाल सरकारका प्राथमिकता त अरु छन्', उनको असन्तुष्टि मिश्रति अभिव्यक्ति थियो, 'क्यान र राज्यको मुख मात्र ताकेर बसेको भए त हामी ट्वान्टी-ट्वान्टी वल्र्ड कपमा पुग्ने पनि थिएनौं, न त क्रिकेट विकास कहिल्यै हुन्छ ।'
भौतिक पूर्वाधार र खेलाडीलाई उचित अवसर बेलायत, अष्ट्रेलिया, भारत जस्ता सम्पन्न राष्ट्र र गैर आवासीय नेपालीले दिन सक्ने उनको ठम्याइ छ । 'सिमित श्रोत साधनबीच नेपाली खेलाडीले धन्न विश्वसामु नाम उंचो बनाइरहेका छन्', उनले भने, 'हामीलाई अब मैदानदेखि वातावरण र प्रोत्साहनसम्म जरुरत छ, विवाद होइन ।'
कप्तान खड्का आगामी बुधबार साँझ गैर आवासीय नेपाली संघ बेलायत, युवा समितिको आयोजनामा एउटा च्यारिटी डिनर कार्यक्रममा सामेल हुँदैछन् जुन च्यारिटी खड्काकै पहलमा गठन हुन लागेको क्रिकेट खेलाडीहरुको संघका लागि लक्षित छ । संघ गठन भए खेलाडीहरुको आत्मवल र क्षमता अभिवृद्धिका लागि काम गर्न सकिने विश्वास खड्कामा छ ।
एकजना क्रिकेटप्रेमी युवा प्रशान्त कुँवरको निम्तोमा दोश्रो पटक बेलायत आएका खड्काले शनिबारसाँझ व्यवसायीहरु कुल आचार्य, कृष्ण भट्ट र वीरेन खड्काको संयुक्त पहलमा आयोजित रात्रीभोजमा समेत क्रिकेट विकासकै चिन्ता व्यक्त गरे ।
उक्त अवसरमा सहभागी गैर आवासीय नेपालीले पारदर्शीता र खर्च व्यवस्थापनको ग्यारेन्टी भए मासिक बीस लाख रुपैयाँ नेपालको क्रिकेट विकासका लागि बेलायतबाट पठाउन सकिने प्रतिवद्धता व्यक्त गरेका नवीन पोखरेलले कान्तिपुरमा खवर लेख्नुभएको छ । नेपाली खेलाडीहरु यतिखेर आगामी सेप्टेम्बरमा हुने एसियन गेम्स्को तयारीका लागि प्रशिक्षणमा व्यस्त रहेकाले छोटो बसाइ सकेर १५ अगष्टमा स्वदेश फिर्दैछन् पारस ।

0 comments

Write Down Your Responses

Powered by Blogger.