विमलको गोलमा अन्डरलेख्त बिजयी
२५ साउन, काठमाडौं ।
नेपाली युथ १६ टोलिका कप्तान विमल घर्ती मगरले नेदरल्यान्डमा भइरहेको डेल अगाथा कपमा विजयी गोल गरेका छन् । तर घर्तीको यो गोल भने बल्जियममा आवद्ध अन्डरलेख्तका लागि हो ।
११ नम्बरको जर्सी लगाएर अन्डरलेख्तबाट खेल्दै गरेका विमलले फियनूर्डविरुद्ध गोल गरेका हुन् ।
नेपाली युवा स्ट्राइकर विमल घर्ती मगरको एक गोलसँगै उनको टिमले खेल २-० ले जितेको छ । अन्डरलेख्तका लागि दोस्रो गोल भने वाउट फेयेसले गरेका थिए ।
साफ च्याम्पियनसिपमा यु १६ मा खेलिरहेका विमलले राष्टिय टोलिबाट पहिलो खेल खेल्दै पाकिस्तानलाई बराबरीमा रोक्न सफल भएपछि चम्किएका मिमलले यतिखेर बेल्जियमबाट व्यावसायीक फुटवल खेलिरहेका छन् ।
बेल्जियम फुटबल क्लब अन्डरलेख्तको एकेडेमीमा एक वर्षलाई अनुबन्धित भएका बिमल नवलपरासी भुताहाका हुन् ।
यसअघि पनि अन्डरलेख्तबाट कोपनहेगनविरुद्ध गोल गरेका विमलले १३ वर्षको उमेर एन्फा एकेडेमीमा आवद्ध भएर खेल्न थालेका थिए ।

0 comments
Write Down Your Responses