सरकार सुस्त छ तर हामी परिवर्तनको पक्षमा छैनौं :केसी
२५ साउन, काठमाडौं ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति सुशिल कोइरालाले ७ महिनादेखि केन्द्रिय कार्यसमितिको बैठक नबोलाएकोमा आपत्ति प्रकट गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा केसीले पार्टी सभापतिले प्रधानमन्त्री बन्नु अगाडी केवल औपचारिकताका लागि मात्रै केन्द्रिय समितिको बैठक राखेको र ७ महिना वितिसक्दा पनि कार्यसमितिको बैठक नबोलाएर प्रजातन्त्रिक प्रक्रियामा पार्टीलाई अगाडी नबढाएकोमा रोष व्यक्त गरे ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कार कार्यक्रममा केसीले भने–१२ औं महाधिवेशनको समय अवधि असोज ५ गते सकिँदै छ ,तर अझैसम्म केन्द्रिय समितिको बैठक बोलाएर महाधिवेशन कहिले गर्ने वा त्यसको लागि म्याद कत्ति समयको लागी थप्ने भन्नेवारेमा पनि छलफल भएको छैन् । काँग्रेस पार्टी विधि, विधान र प्रक्रिया अनुसार हिड्न नसकेको भन्दै केसीले आफू लगायत २४ जना केन्द्रिय सदस्यले अल्टिमेटम दिएको बताउँदै तत्काल केन्द्रिय समितिको बैठक बोलाएर पार्टी सभापतिले अहिले पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्दै पार्टीलाई विधि अनुसार हिडाउनुपर्ने बताए ।
केसीले भने– सरकारले सोचेअनूरुपको काम गरेको छैन् ।
सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरुले राम्रो काम गर्न सकेका छैनन् । उहाँहरुले स्वेच्छचारी ढंगले काम गरेकोले त हामीले खुलेरै आलोचना गरेका छौं । यद्धपी केसीले सरकार परिवर्तनको कुरा गर्नु बेमौसमको बाजा भएको बताएका छन् । अहिले तोकिएकै मितिमा संविधान जारी गर्नुपर्ने प्रमुख दायित्व भएकाले सरकार परिवर्तनको खेलमा कोही पनि लाग्नु नहुने उनले बताएका छन् । केसीले भने–संविधान जारी नहुँदा सम्म सरकारको विकल्प खोजिनु हुँदैन् । सरकारको विकल्प खोजिए फेरि पनि संविधान बन्दैन् ।
यद्धपी केसीले काँग्रेसले एमालेसँग राष्ट्रपती, उपराष्ट्रपती को संसदबाट अनुमोदन गर्ने भनेर नै ७ बुँदे सहमती गरेको बताउँदै सत्तारुढ दल एमालेसँग देखिएको विवाद जसरी पनि मिलाएर सहमतीका साथ सहकार्य गर्नुपर्ने धाराणा राखेका छन् । उनले भने–त्यतिखेर सम्झौता गर्नु नै गलत थियो, अब ७ बुँदे सहमती कार्यन्वयन गरेर जानुको विकल्प छैन् ।
एकिकृत मोओवादीका नेता देवेन्द्र पौडेलले पार्टीले गरेको कारवाही आफूहरुलाई अस्विकार्य रहेको बताएका छन् । उनले भने–मलाई त अचम्म लागेको छ, संवाद, वादविवाद गर्दैमा कारवाही गर्ने हो भने प्रचण्ड र बाबुराम भट्टराई दिनहूँ बन्द कोठाभित्र छलफलमा बस्न्ुहुन्छ । त्यसो हो भने सवैभन्दा पहिला त बाबुराम र प्रचण्डलाई कारवाही गर्नुपर्छ हामीलाई किन रु उहाँहरुले पनि कहिले लाजिम्पाट त कहिले सानेपामा आ–आफ्ना गुटको भेला गरिहनुभएकोे छ । त्यसैले कारवाहीको भागीदार उहाँहरु नबन्ने रु पार्टीले केन्द्रिय सदस्य समेत नरहने गरि गंगा श्रेष्ठ र रामरिजन यादवलाई गरेको कारवाही भने आफूहरुलाई मान्य नभएको पनि पौडेलले बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न पनि समान्तर समिति भंग गर्नुपर्ने धाराण राखेका छन् । त्यसको लागि तत्काल केन्द्रिय समितिको बैठक बोलाएर छलफल गर्नुपर्ने बताए । उनले भने–पार्टीका केही नेताहरु पूर्व–पश्चिमको दौडाहामा गएर हामीलाई कारवाही गर्नुपर्छ भनेर भनिरहनुभएको छ उहाँहरुलाई किन कारवाही नगर्ने रु केन्द्रिय समितिको बैठकमा पार्टीको विशेष महाधिवेशन बोलाउने बारेमा छलफल हुन्छ । र सवै विवाद विशेष महाधिवेशनले मात्रै समाधान गर्न सक्छ ।
पौडेलले मुलुकलाई संविधान नदिउनजेलसम्म प्रचण्ड र बाबुराम मिलेर जानुको विकल्प नरहेको पनि बताएका छन् । उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्न, मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिन पनि दुवै नेता मिल्नुपर्ने स्पष्ट पारेका छन् । उनले भने–दुवै नेता संविधान निर्माणका लागि जिम्मेवार हुनुहुन्छ, त्यसैले संविधान जारी नहुन्जेलसम्म पनि उहाँहरु सँगै बस्नु पर्छ । यसैका लागि अहिले वार्ता, छलफल भैरहेको छ । हामी आशावादी छौं, उहाँहरु मिल्नुहुन्छ । जनताको ठूलो लगानीले पार्टी निर्माण भएको भन्दै पौडेलले आन्तरिक वैचारिक छलफललाई निरन्तरता दिँदै एकताबद्ध भएर अगाडी बढ्नुपर्ने धाराणा राखेका छन् ।
अहिले सरकार गिराउने र बनाउनेको खेलमा लाग्न नहुने धाराणा राखेका छन् । पौडेलले पनि सरकार परिवर्तनको खेलमा दलहरु लागे समयमै संविधान नआउने ठोकुवा गरे । उनले भने–अहिले संविधान निर्माण नै मूख्य दायित्व हो । यसबाट कोही पनि पछि हट्नु हुँदैन् । उनले आफ्नो पार्टीले सरकार परिवर्तनको विषयमा कुनै चासो नलिएको पनि बताए ।
पौडेलले सरकार अत्यन्तै धिमा गतिमा चल्दा आशातित उपलब्धी हासिल गर्न नसकेको गुनासो गर्दै प्रधानमन्त्री सुशिल कोइरालाले सरकारको गतिलाई बढाउनुपर्ने सुझाव समेत दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपती शमशेर राणाले पनि संविधान जारी नहुन्जेलसम्म सरकार परिवर्तनको कुरा गर्नु उचित नहुने बताएका छन् । राणाले आफ्नो पार्टी पनि सरकारमा सहभागी भएकोले अहिले नै गठबन्धन तोड्ने पक्षमा नलागेकोे प्रष्ट पारेका छन् । उनले समयमे संविधान जारी गर्नु नै अहिलेको मूख्य दायित्व रहेकोले पनि सरकार परिवर्तनको खेलमा कोही पनि लाग्नु नहुने धाराणा राखेका छन् ।
यद्धपी राणाले सरकारको कामकारवाही भने सन्तोषजनक नभएको स्पष्ट पारेका छन् । उनले भने–अहिलेसम्म २६ जना सभासदको मनोनयन हुन सकेको छैन्, राजदुतहरुको नियूक्ती गर्न सकेको छैन् । त्यसैले सरकार जुन ढंगले चल्नुपर्ने थियो त्यो ढंगले चल्न सकेको छैन् । आगामी दिनमा सरकारले अझै गति बढाउनुपर्छ ।
राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नेपालका लागि ठूलो अवसर भएको बताउँदै सरकारले त्यो अवसरलाई सदुपयोग गर्न नसेकेकोमा भने गुनासो पोखेका छन् । उनले भने–सरकारले ठोस गृहकार्य नगर्दा हामीले भारतसँग कुनै पनि कन्क्रिट सम्झौता गर्न सकेनौं । यसले पनि मुलुकलाई विकासबाट बञ्चित गरेको छ ।

0 comments
Write Down Your Responses