२४ साउन, काठमाडौं ।
त्रिभुवन आर्मी क्लबबाट क्रिकेट खल्ने खेलाडीहरू सैनिक सेवामा आवद्द
भएका छन्। नेपाली सेनाले क्रिकेट खेलाडीहरूलाई आफ्नो कर्मचारीकै रूपमा
भर्ती गरेको हो। हाल १० जना राष्ट्रिय क्रिकेटरलाई कर्मचारीको रूपमा
नियुक्ति गरिएको सेनाको समारोह तथा खेलकुद प्रतियोगिताका शाखा प्रमुख
प्रकाशजंग कार्कीले बताएको अन्नपूर्णमा खबर छ।
क्रिकेट खेलाडीलाई सेनाको बन्दोबस्ती कार्य सिपाही पदमा नियुक्त गरिएको
छ। यसरी नियुक्त पाउनेमा सागर पुन, नरेश बुढाऐर, राजेश पुलामी, अनिल मण्डल,
चन्द्र साउद, महेश क्षेत्री, अभिनाश कर्ण, राहुल विक, सोमपाल कामी र
जितेन्द्र मुखिया छन्।
यी सबै खेलाडीहरूले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा राष्ट्रको
प्रतिनिधित्व गरिसकेका छन्। सागर पुन, सोमपाल कामी, जितेन्द्र मुखिया
लगायतका खेलाडीहरू नेपाल पहिलोपटक विश्वकपको टि-२० प्रतियोगिता खेल्दा
राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य थिए।
बन्दोबस्ती कार्य सिपाही पदमा नियुक्त भए पनि क्रिकेट खेलाडीहरूलाई
हालसम्म सेनाको तालिममा भने पठाएको छैन। निकट भविश्यमा दक्षिण कोरियामा
हुने सत्रौं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा ध्यान राख्दै तत्कालै
क्रिकेट खेलाडीलाई तालिममा नपठाएको क्लबले जनाएको छ। राष्ट्रिय खेलाडीहरू
अहिले बन्द प्रशिक्षणमा छन्।
क्रिकेटर सागरले पनि आफू सेनाको जागिरे भएको स्वीकारे। 'सेनामा आवद्ध
भएपछि हामी ढुक्क भएका छौ। अब आफ्नो सम्पूर्ण ध्यान क्रिकेटमृ केन्द्रित
गर्नेछौ, उनले भने, 'पहिले खेलका क्रममा घाइते हुँदा भविश्य अनिश्चित हुने
डर रहन्थ्यो, अब त्यो समस्याबाट पनि मुक्त भएका छौ।'
दश जना क्रिकेटरले सेनामा जागीर खाए
Powered by Blogger.

0 comments
Write Down Your Responses