२५ साउन,काठमाडौं । उपचारको क्रममा दिल्लीस्थित एपोलो अस्पताल
निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर आजै नेपाल ल्याइने तयारी
भएको छ। गृह मन्त्रालयसँगको समन्वयमा एयर एम्बुलेन्सबाट उनको शव नेपाल
ल्याउने प्रक्रिया अगाडि बढाइएको पारिवारिक स्रोतका जनाएको छ ।परिवारका
सदस्यहरू बिहान ९ बजे दिल्ली जानुभएको छ ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राजधानीको
प्रज्ञा-प्रतिष्ठानमा राखिने भएको छ। विवाह लगत्तै उपचारको शिलशिलामा
दिल्लीमा रहेका श्रीको गएराति निधन भएको हो। २०४५ सालमा भूमरी फिल्मबाट
फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा
हिरोको रोल गरेका थिए।
४७ वर्षे नायकका दर्जनौ हिट फिल्म दिएका श्रीले आफ्नै लागनीमा बनाएको
कोहिनूर फिल्म गत शुक्रबार देखि प्रदर्शरत छ। गत असार २७ गते हिरोइन
श्रीमती स्वेता खड्काका का साथ उनी उपचारका लागि दिल्ली स्थित एपोलो
हस्पिटलमा भर्ना भएका थिए । डिप निमोनियाले समेत सताएको थियो । श्रीकृष्ण
श्रेष्ठ अभिनित अन्तिम चलचित्र कोहिनूर प्रदर्शन भैरहेको छ ।
एम्बुलेन्सबाट श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर नेपाल ल्याइदै
Powered by Blogger.

0 comments
Write Down Your Responses