२५ साउन, क्वालालम्पुर ।
मलेसियामा तीन सय ७० जना नेपाली कामदार अलपत्र परेका छन् । नियमित रुपमा
चलिरहेको कम्पनी शुक्रबारबाट एकाएक बन्द भएपछि उनिहर अलपत्र परेका हुन् ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट करिव चार सय किलोमिटर टाढा जोहोरको देशा
चेम्वरलाङमा रहेको इडब्लु प्लास्टिक कम्पनी एकाएक बन्द भएपछि श्रमिकको
बिचल्ली भएको छ । ‘दिउँसो करिब साढे ४ बजेको थियो । अचानक लाइन काटियो ।
हामी प्लान टुमा काम गरिरहेका थियौँ । एकैछिनमा कम्पनीका सामानहरु उठाएर
लगे, हामी हेरेको हेर्यै भयौँ, त्यहाँ कार्यरत मकवानपुरका रमेश थापाले भने
। एकाएक काम रोकेर कम्पनी मालिक र व्यवस्थापन पक्षका कोही पनि सम्पर्क
नआएपछि नेपाली कामदार बिचल्लीमा परेको उनले बताए ।
प्लाटिकको सामान उत्पादन हुने कम्पनीमा नेपालीसहित भियतनाम र म्यानमारका
गरी करिब ५३२ श्रमिक कार्यरत छन् । कम्पनीमा करिब १७० नेपाली महिला कामदार
पनि छन् । कामदारले जुलाई महिनाको तलबसमेत पाएका छैनन् । कम्पनीले
प्रतिमहिना सञ्चय कोषका नाममा मासिक ३५ रिंगेट कटाउँदै आएको थियो । बचत रकम
कम्पनीले घर फर्कने वेला फिर्ता दिने गरेको थियो ।
मलेसियामा ३ सय ७० जना नेपाली कामदारको अलपत्र
Powered by Blogger.

0 comments
Write Down Your Responses