रहेनन् नायक श्रीकृष्ण श्रेष्ठ रहेनन्
नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ।
स्वास्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित
एपोलो अस्पतालमा उपचार गराइरहेका नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन
भएको निर्देशक आकाश अधिकारीले जनाएका छन्।
विवाह लगत्तै उपचारको शिलशिलामा दिल्लीमा रहेका श्रीको गएराति निधन भएको हो।
२०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए।
४७ वर्षे नायकका दर्जनौ हिट फिल्म दिएका श्रीले आफ्नै लागनीमा बनाएको कोहिनूर फिल्म गत शुक्रबार देखि प्रदर्शरत छ।
गत असार २७ गते हिरोइन श्रीमती स्वेता खड्काका
का साथ उनी उपचारका लागि दिल्ली स्थित एपोलो हस्पिटलमा भर्ना भएका थिए ।
डिप निमोनियाले समेत सताएको थियो ।
श्री निधनकोलाई निर्देशक आकाश अधिकारीले पुष्टी
गर्दै भनेका छन् ‘मलाई दिल्लीबाट मलाई बिहान फोन आयो घटना राति घटेको रहेछ
। अहिले ९ बजे परिवारका सदस्यहरु दिल्ली जाने तयारीमा हुनुहुन्छ अनि म
पनि जाने तयारीमा छु।’

0 comments
Write Down Your Responses