कांग्रेसले काम गर्न नदिएको एमाले मन्‍त्रीहरुको गुनासो

प्र.म. सुशील कोइरालाले बनाएका रहेछन् वीरलाई आफुजस्तै विरामी
२५ साउन, काठमाडौं ।
प्रधानमन्त्री सुशील कोइरालाकै कारण दुईसाता देखी वीर अस्पताल बन्द भएको प्रमाणीत भएको छ । आफुले नियुक्त गर्नुपर्ने उपकुलपी नियुक्त नगरि वीर अस्पताललाई आफुजस्तै विरामी बनाएका कोइरालाले उपकुलपति नियुक्त गरेपछि अस्पताल खुल्ने भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान 'न्याम्स' को कुलपतिको हैसियतमा रहेका कोइरालाले आफु राज्यकोषबाट करोडौं खर्चे अमेरिकामा उपचार गराएपनि गरिव जनताले उपचार गर्ने थलो वीर अस्पताललाई भने वीरामी बनाएर दुईसाता बन्द हुँदा समेत जिम्मेवारी लिएनन् ।
लामो समयदेखी रिक्त प्रतिष्ठानका उपकुलपतिमा प्रधानमन्त्री कोइरालाले काँग्रेस निकटका गणेश गुरुङलाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्रीले उपकुलपतिमा आफुलाई नियुक्त गरेलगत्तै गुरुङले रेक्टरमा रंगबहादुर बस्नेत, डिनमा डा योवनचन्द्र शिवाकोटी, रजिष्टारमा डा किरण मानन्धर, निर्देशकमा डा स्वयंप्रकाश पण्डित र कार्यकारी सदस्यमा डा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेका छन् ।
नियुक्त गरिएका सबै पदाधिकारी काँग्रेस एमालेको भागवण्डामा परेका हुन् ।
नियुक्ति प्रक्रिया टुंगिएपछि विभिन्न जायज माग राखी १४ दिनदेखि हड्तालमा उत्रिएका आवासीय चिकित्सकले आन्दोलनको अस्पतालका पदाधिकारी नियुक्ती माग पुरा भएको छ ।
तर अस्पतालका पुर्वाधारहरु राख्ने कामको थालनी अझै नभएका कारण भने अस्पताल खुल्ने बाटोमा गएपनि अस्पताल बन्दने छ ।
पदाधिकारी नियुक्तिसँगै आन्दोलनरत आवासीय चिकित्सकहरुले माग पुरा गराउने विषयमा अहिले प्रतिष्ठानको पहिलो कार्यकारी बैठक बसिरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.