लक्षीत बर्गको लागी छुटाइएको रकमले राँगाको मासु
जीवन कुमार शाहि, २५ साउन, कालिकोट ।
कालीकोटमा लक्षीत बर्गको लागी छुटाइएको रकम दुरुपयोग भएको छ । स्थानिय
स्वायित्वसासन ऐन अनुसार दलित, महिला, जनजाति, एकल महिला पछाडिपारिएको
बर्गको चेतना अभिबृर्दिको लागी भनेर गाउँपरिषदबाट करिब १५ प्रतिशत रकम
छुट्टाउने गरेको पाइन्छ ।
कालीकोटको जुबिथा गाविसको वडा नं १ का
दलितहरुले लक्षित बर्गकालागी छुट्टाएको २०६९/२०७० को रकम खानेकुरा किनेर
भागबण्डा गरेका छन् । आफ्ना लागि छुट्याएको बजेट राँगो किनेर त्यसको मासु
दामासाहीका दरले बाँडेर खाएको जुबिथा गाविस सचिब बिस्णुऋसि आचार्य ले
जानकारी दिनुुभएको छ ।
सचिब आर्चायल गाउँमा स्थानिय प्रतिनिध नुहुदा वा गाविस अध्यक्ष नहुदा गाविसकोे बजेट चाहेर पनि सदुपयोग गर्न नसकेको बताउनुभयो ।

0 comments
Write Down Your Responses