"मलेशियामा नेपालीलाई अपहरण गरी फिरौति लिने व्यक्ति पक्राउ”

जिल्ला भक्तपुर सुडाल गा.वि.स. वडा नं. ८ बस्ने बर्ष ३९ को राम प्रसाद नेपालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कमल बहादुर गौली समेत भएको अपहरण तथा शरीर बन्धक तथा संगठानिक अपराध मुद्धा सम्बन्धी मिति २०७१/०२/२५ गते केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको जाहेरी अनुसार मिति २०७१/०२/०४ गते मलेसियाको कोत्राय भन्ने ठाउबाट कमल बहादुर गौली लगायत अन्य नेपाली तथा मलेसियन नागरिक समेतका ६ जना व्यक्तिहरूले अपहरण गरी ५ दिन सम्म आँखामा पट्टि तथा हात खुट्टा समेत बाधी जंगलको बिच बस्तिको घरमा बन्धक बनाई नेपालमा पिडितका आफन्त सँग नगद रू ३० लाख बराबरको फिरौति मागी बन्धक बनाई राखिएको बस्तीबाट शहर तर्फ लाने क्रममा निज राम प्रसाद नेपाल चडेको गाडी दुर्घटना भई अपहरणकारीको पन्जाबाट फुत्की भागेर नेपाल आउन सफल भएको।
मिति २०७१/०४/०३ गते जिल्ला चितवन बछौली-२ सौराहाबाट उक्त घटनाको मुख्य योजनाकार जिल्ला तनहुँ पुर्कोट ५ बस्ने बर्ष ३२ को कमल बहादुर गौलीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत काठमाण्डौमा अपहरण तथा शरीर बन्धक तथा सगंठानिक अपराधमा मुद्धा दर्ता गरी अनुसन्धान कार्य भई रहेको।
पक्राउ व्यक्ति :-
नाम थर :- कमल बहादुर गौली
उमेर :- ३२ वर्ष
ठेगाना :- जिल्ला तनहुँ पुर्कोट ५
अनुसन्धानबाट खुल्न आएको :-
- बैदेशीक रोजगार व्यवसायको सिलसिलामा निज राम प्रसाद नेपाल मलेसिया जाने क्रममा अपहरण कारीहरूले ५० जना भन्दा बदि कामदारहरूको डिमाण्ड छ यस सम्बन्धमा छलफल गरौ भनि बोलाई मलेशिया क्वालालम्पुरको कोत्राया भन्ने स्थानबाट अपहरण गरेको।
- अपहरण गर्ने ६ जना व्यक्तिहरूले राम प्रसाद नेपाललाई आँखामा पट्टि तथा हात खुट्टा समेत बाधी मलेशियाको जोहर बारू स्थित जंगलको बिचमा रहेको बस्तीमा लगी ५ दिन सम्म स्टोर रूममा लगी बन्धक बनाई राखेको।
- अपहरण गर्ने व्यक्तिहरूले निज राम प्रसाद नेपालको अफन्त घर परिवार संग २ दिन पछि फोन मार्फत सम्पर्क गराई रू ६५ लाख माग गरेको र नगद नदिएमा ज्यान मार्ने धम्की समेत दिएको।
- अपहरणकारीहरुले रू ६५ लाख माग गरेकोमा निज राम प्रसाद नेपालको अफन्तले रू ६५ लाख दिन नसक्ने भने पछि रू ३० लाखमा कुरा मिली उक्त रकम मनि ट्रन्सफर मार्फत मलेशियामा अपहरणकारीको खातामा नगद जम्मा गरि दिएको।
- अपहरणकारीहरूले उक्त रकम मध्ये २२ लाख पाए पछि जोहर बारूबाट शहर लाने क्रममा बाटोमा निजहरू चडेको गाडी दुर्घटना भई निज राम प्रसाद नेपाल भगी फर्कन सफल भएको।
कानुनी प्रावधान :-
१. मुलुकी ऐन महल ८ क अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महल ३ नं. बमोजिम छुटकारा रकम (फिरौती) लिने महल १ र २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात बर्ष देखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँ देखि दुई लाख रूपैयाँसम्म जरिवाना र लेखिए बाहेक अन्य उद्देश्यले अपहरण गरेमा वा शरीर बन्धक लिएमा चार बर्षदेखि आठ वर्षसम्म कैद र पच्चीस हजार रूपैयाँ देखि एक लाख रूपैयाँसम्म जरिवाना हुन्छ।
२. महल ७ नं. बमोजिम दुई वा दुई भन्दा बढी व्यक्ति मिली वा संगठित रूपमा कुनै व्यक्तिलाई अपहरण गरेको वा शरीर बन्धक लिएको भए सो काममा संलग्न सबै व्यक्तिलाई यस महल बमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्ने व्यवस्था रहेको।
३. महल ११ नं. बमोजिम कसैले कुनै व्यक्तिलाई नेपालबाहिर लगी यस महल बमोजिम अपहरण गर्ने वा शरीर बन्धक लिने वा नेपाली नागरिकलाई नेपालबाहिर यस महल बमोजिम अपहरण गर्ने वा शरीर बन्धक लिने कार्य गरे गराएको रहेछ भने निजले नेपाल भित्रे कसूर गरे सरह मानी त्यस्तो व्यक्तिलाई यस महल बमोजिम सजाय गर्ने व्यवस्था रहेको।
४. महल १२ बमोजिम कसूर गर्ने गराउने व्यक्तिबाट पीडित व्यक्तिलाई कसूर भएको दिन देखि प्रत्येक दिनको कम्तीमा पाँच सय रूपैयाँको दरले क्षतिपूर्ति समेत भराई दिने व्यवस्था रहेको।

थप जानकारीको लागी प्र.उ. पिताम्बर अधिकारी ( ९८०२०३३८९७ )

0 comments

Write Down Your Responses

Powered by Blogger.