दुबई
। भारतीय जि टिभी च्यानलद्धारा प्रशारित चर्चित डिआइडी लिट्टिल मास्टर
सिजन थ्री” का विजेता तेरिया फौजा मगर, गायिका, नायिका र मोडेल छुल्थिम
डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र
खुमाल दुबईमा आउने भएका छन् । आगामी २९ अगस्तका दिन दुबईस्थित शेख राशिद
अडिटोरियम हलमा “२० औं विश्व आदिवासी जनजाति दिवस २०१४” को अवसरमा हुने
भएको “नेपाली कल्चर शो” सांगीतिक कार्यक्रमका लागि आउने भएका हुन् ।
यो जानकारी गएको २५ अगस्त शुक्रबारका दिन दुबईको नेपाली रेष्टुरेण्टमा
नेपाल आदिवासी जनजाति महासंघ युएईद्धारा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष
डिआर गुरुङले दिनु भएको हो । अध्यक्ष डिआर गुरुङको अध्यक्षता र महेश
मोक्तानले संचालन गरेको उक्त पत्रकार सम्मेलनको अन्य अतिथिहरुमा जनजाति
महासंघसंग आवद्ध रहेका ९ वटा संस्थाका प्रतिनिधहरु र विभिन्न मेडियाहरुसंग
आवद्ध रहेका पत्रकारहरु रहेका थिए ।
भर्खरै मात्र डिआइडी लिट्टिल मास्टर सिजन थ्री” का विजेता भएपछि बिदेशको
भ्रमणमा व्यस्त रहेकी तेरिया मगर दुबईमा आउने खबरले युएईका दर्शकहरु निकै
उत्साहितमा छन् । तेरिया मगरका साथ नायिका छुल्थिम गुरुङ र यएईका
ख्यातिप्राप्त कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने भएको छ । सोही अवसरमा
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र खुमालद्धारा
बिशेष संवोधन गरिने भएको छ ।
युएईको सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुमध्ये पहिलो पटक एक लाख बीस
हजार दिरामको लगानीमा ऐतिहासिक कार्यक्रम हुने आयोजक बताउंछन् । जि टिभीसंग
समन्वय भएर गरिने यस कार्यक्रममा केवल नेपालीहरु मत्र नभएर गैरनेपालीहरुको
पनि सहभागिता रहने भएको छ । कार्यक्रममा प्रवेशका लागि महिलाहरुलाई बिशेष
छुटका साथ ३५ दिराम र पुरुषहरुका लागि ५० दिराम राखिएको छ भने सिल्भर
एडमिशनको लागि १०० दिराम, गोल्ड एडमिशनको लागि १५० दिराम र डाइमण्ड
एडमिशनको लागि ५०० दिराम राखिएको छ ।
कार्यक्रमका लागि टिकट बिक्री बितरण अन्तर्गत ५ पुरस्कारको व्यावस्था समेत
गरिइएको छ । जसमा १५ हजार दिरामको टिकट बिक्री गरेमा पुरस्कारको लागि
सहभागी हुन पाउने र सबैभन्दा धेरै टिकट बिक्री गर्नेलाई प्रथम पुरस्कारको
रुपमा २,००० दिराम र प्रशंसापत्र, द्धितीय पुरस्कार १,५०० दिराम र
प्रशंसापत्र, तृतीय पुरस्कार १,००० दिराम र प्रशंसापत्र, चौथो पुरस्कार ७००
दिराम र प्रशंसापत्र र पाचौं पुरस्कार ५०० दिराम र प्रशंसापत्र रहेको छ ।
लालबहादुर ढेंगा, दुबई, युएई
दुबईमा तेरिया फौजा मगर आउने
Powered by Blogger.

0 comments
Write Down Your Responses